STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला हिंसाविरुद्धको अभियानमा बृहत छलफल

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १४, बुधबार

महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह’ (डब्ल्यूएचआर) र काठमाण्डु रोट्र्याक्टले संयुक्त रुपमा ललितपुरको मंगलबजारमा एउटा भेला आयोजना गरी महिला अधिकारकर्मीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि समाजमा खुला छलफल आवश्यक रहेको कुरा  औल्याएका छन् । 

भेलामा सहभागि हरुले पितृसतात्मक सोच र महिला पुरुषबीच असमान शक्ति सम्बन्ध रहेका कारण हिंसा हुने गरेको  विश्लेषण गरेको छ । न्यून चेतना र हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सिमित न्यायका कारण हिंसा न्यूनीकरण हुन नसकेको समेत उनीहरुले बताए । 

कार्यक्रममा लैंङ्गिक हिंसाका कारण महिलाको मानसिक र प्रजनन् स्वास्थ्यमा पर्ने असरका बारेमा समेत छलफल भएको थियो । महिला हिंसाविरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । 

एकल (विधवा) महिलाका हक अधिकार तथा सशक्तिकरणका लागि वकालत गर्ने गैह्र सरकारी सामाजिक यस संस्थाले लैंगिक हिंसा मानव अधिकारको हनन् हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतनाको विस्तार गरी लैंगिक हिंसा विरुद्धमा पुरुषहरुको सहकार्यलाई अभिबृद्धि गर्न चौतर्फी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Categorized in उपत्यका