माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १५, सोमबार
काठमाडौं - नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ।
सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको सचिव डिलाराम आचार्यले बताए।
उनले भने, ‘१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक लाइभ गर्ने निर्णय भएको छ।’
केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो।
यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो।
Categorized in राजनीति

