STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौं - निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ। 

बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्षलाई भेटेर मिति प्रस्ताव गरेको हो। प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता पौडेलले बताए।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सो अनुसार आयोगले सरकारलाई आज मिति प्रस्ताव गरेको हो। माघ १५ गतेभित्रै राष्ट्रिय सभा सदस्यको पदपूर्ति गर्न आयोगले त्यसदिन मिति तोकेको हो।

Categorized in राजनीति