माघ ७ देखि मनकामना मन्दिर प्रवेशमा रोक
Janjati Khabar – Janjati Khabar | २०७८ माघ ५, बुधबार
५ माघ, काठमाडौँ - कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई रोक लगाइएको छ।
भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ।
मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो।
कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको हो।
समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि माघ मसान्तसम्म नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय भएको हो । बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ।


