STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माटोको ढिस्कोमा पुरिएर तीनको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १५, आइतबार

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ । सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो । अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Categorized in अपराध-दुर्घटना