STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माधव खरेलको ‘चिट्ठी’ भदौ २० बाट

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ २६, बिहिबार

" दुर्गामाण्डौं " नामक बहु प्रशंसित एवम् पुरस्कृत चलचित्र का  लेखक तथा निर्देशक माधवराज खरेलद्वारा निर्देशित नयाँ चलचित्र ‘चिट्ठी’ आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सो चलचित्रको सञ्चारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुबेर सिने डिस्ट्रीब्युशनले लिएको छ ।

केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शन गरिएको यस चलचित्रप्रति दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित भएको छ । दुई घण्टा लामो चलचित्र ‘चिट्ठी’ पूर्णतया हरर कमेडी तथा सस्पेन्स थ्रिलर शैलीमा तयार भएको छ । सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा चलचित्र हेर्न पाउने भएका छन् ।

चलचित्रमा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे र नम्रता खरेलको प्रमुख भूमिका रहेको छ । त्यसैगरि मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरु समेत विशेष भूमिकामा देखिएका छन् ।

सञ्चारकर्मी सरोज कोईरालाको सङ्गीत एवम् डा. कृष्णहरि बराल र कमला जोशीको शब्द रहेको चलचित्रका गीतहरुको लागि शिव परियार, बेनिशा पौडेल र वसन्त अर्यालले स्वर दिएका छन् । चलचित्रको कथावस्तु अनुरुप तयार भएको शिव ताण्डव गीतको सङ्गीत संयोजन भने सङ्गीतकार राजेन्द्र बजगाईंले गरेका हुन् । चलचित्रमा समावेश गरिएको शिव ताण्डवले पनि चलचित्रलाई एक अलग आकर्षण थप्ने विश्वास निर्देशक खरेलको रहेको छ ।

‘चिट्ठी’ जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन, समिर मियाँको ग्राफिक्स तथा भिएफएक्स, किरण दाहालको द्वन्द्व, पुष्कर खत्रीको पार्श्व सङ्गीत, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ प्वाईन्ट वान साउण्ड डिजाईन रहेको छ । चलचित्रको गीत, ट्रेलर र पोष्टर छिट्टै सार्वजानिक गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रचार सामग्री भने अमृत चापागाईं  र साहिल खानले तयार पारेका छन् ।

Categorized in सिनेमा