STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन मानवरहित विमान कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ । खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स आइएस आतङ्ककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । मारिएका यी आइएस आतङ्ककारीमा आबुजार नाम गरेका एक स्थानीय कमाण्डरसमेत मारिएका छन् । तर यस कारबाहीमा सर्वसाधारणलाइ भने कुनै क्षति नभएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट १ सय २० किलोमिटर पूर्व रहेको यस पहाडी प्रान्त नान्गाहारमा बारम्बार आइएस आतङ्ककारी समूह र सुरक्षाबलबीच झडप भईरहने गरेको छ । हालका दिनहरुमा अफगान सुरक्षाबल र नेटोआवद्ध सुरक्षा अधिकारीहरुको संयुक्त सहभागीतामा अफगानिस्तान भरी हवाई कारबाही जारी रहेको छ । जारी विज्ञप्तिका अनुसार आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
Categorized in अन्तर्राष्ट्रिय