STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध ¥याली

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत ¥यालीको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको ¥यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । ¥यालीमा चेलीबेटी बेचबिखन मुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जानकारी दिने सचेतनामूलक पर्चा वितरण गरिएको थियो । झापाको काँकडभिट्टा मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बताउँदै मातहतमा रहेका सुरक्षाकर्मीलाई चखानो भएर काम गर्न प्रदेश नम्बर– १ का प्रहरी प्रमुख ज्ञवालीले निर्देशन दिनुभएको थियो । आज झापा चन्द्रगढी, विर्तामोडलगायतका क्षेत्रमा समेत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ ।
Categorized in राष्ट्रिय