STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १३, सोमबार

गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो । “ट्रकभित्र मार्बल अनलोड गर्न पसेका बेला एकातिरको सामान निकाल्दै गर्दा अर्कोपट्टिको मार्बल बण्डल झरेर शाहानीको छातीमा लागेको रहेछ”, उहाँले भन्नुभयो, “मार्बल गह्रौ हुने भएकाले तत्काल नै बढी असर परेर ज्यान गएको हो ।” गाडीबाट भवनमा बिछ्याउने मार्बल झार्ने क्रममा च्यापिएर गम्भीर घाइते शाहानीको उपचारका लागि गोरखा अस्पताल पु¥याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रत्यक्षदर्शी दिनेश नेपालीले जानकारी दिनुभयो । मृतको शव परीक्षण गरी आजै आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ । २०७२ को बारपाक भूकम्पमा पुरानो भवनमा क्षति पुगेपछि गोरखा नगरपालिका–६ स्थित अदालतको सुविधा सम्पन्न भवन निर्माणाधीन छ ।
Categorized in अपराध-दुर्घटना