STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मास्क नलगाइ घरबाहिर निस्किए पक्राउ गरिने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार

काठमाडाैं - अब मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ। कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो। पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए। 'नेपाल सरकारले कोरोनाभाइरसको जोखिमको कारणले बन्दाबन्दी गरेको थियो। जसले जनजीवनमा असहजता आयो। त्यसलाई सहजीकरण गर्ने गृह मन्त्रालयले निश्चित सर्तहरू तोकिएको थियो,'उनले भने,'दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने भन्ने थियो।' तर त्यसको पालना नभएको र कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरिएको उनले बताए। 'सर्तहरूको पालना गर्ने भन्ने सर्तमा मात्र लकडाउन खुकुलो गरिएको थियो,'उनले भने,'तर सामान्य मास्क पनि प्रयोग नगरी कोरोना महामारीमा थप जोखिम उत्पन्न गर्ने काम गरियो।'
Categorized in राष्ट्रिय