STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ ः उपसभामुख थारू

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार

प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताउनुभएको छ । २०आँै कमैया मुक्ति दिवसका सन्दर्भमा आज नेपालगञ्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मुक्त कमैयाहरु पनि अब आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्दछ ।” पूर्व मुक्तकमैयासमेत रहनुभएकी उपसभामुख थारूले मुक्तकमैयाको समस्या स्वयम् सरकारले ग्रहण गरेर काम गरिरहेको अवस्थामा अब मुक्त कमैयाले आफ्नो आर्थिक समृद्धिका लागि पनि सरकारलाई सहयोग र समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मुक्त कमैयालाई अहिले रोजगारको आवश्यकता रहेकाले उनीहरुको जीविकोपार्जनका लागि प्रदेश सरकारले गत आर्थिक वर्षदेखि मुक्तकमैया, सुकुम्वासी, विपन्न महिला, जनजातिका लागि जीविकोपार्जनका लागि आयआर्जन भन्ने शीर्षकमा नै बजेट छुट्याएकोे जानकारी दिनुभयो । पुनस्र्थापनामा लामो समय लागेका कारण मुक्तकमैयाले ठूलो समस्या झेल्नु परेको उहाँको भनाइ छ । शिक्षा विनाको जीवन अधुरो हुने भएकाले शिक्षाको क्षेत्रमा सरकारले मुक्तकमैयालाई सहयोग गर्नुपर्ने आवश्यकता ठानेर प्रदेश ५ सरकारले यो वर्षको नीति तथा कार्यक्रममा कम्लहरी बालिकालाई महीनाको एक हजारको दरले छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेर सराहनीय काम गरेको उहाँको भनाइ छ । उहाँले हिजोको दिनमा मुक्तकमैयालाई यिनीहरुको बाँच्ने आधार छैन जे गरे पनि हुन्छ भन्ने समाजको सोचाइ अन्त्य भइसकेको उल्लेख गर्दै समग्र मुक्त कमैयाभित्र पनि महिलाको अवस्थालाई दृष्टिगत गरी सशक्तीकरणमा ध्यान दिनुपर्ने विचार राख्नुभयो ।
Categorized in राष्ट्रिय