मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता
Janjati Khabar – जनजाति खबर | २०७६ पौष २८, सोमबार
मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो ।
लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब ९श्याङ्ज०, भिमाद युथ क्लब९ तनहुँ० त्रिवेणी युवा क्लब ९लमजुङ०, बौद्ध हिमाल क्लब ९गोरखा० आर्दश क्लब ९कास्की० गैँडाकोट खेलकूद ९नवलपुर०, डाँफे युवा क्लब ९मनाङ० सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीको सहभागिता रहने छन् ।
उहाँका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्ने छन् । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । कूल रु एक करोड एक लाख चर्ख हुने अनुमान गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले रु ४० लाख नगद सहयोग गर्ने जनाएको छ ।
Categorized in खेलकुद