STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुटुमै गासेको साइनो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन २१, सोमबार

काठमाडौं  - टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’  गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सो गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ ।

विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  

https://www.youtube.com/watch?v=qPMycz4xn9M

Categorized in साहित्य-कला