STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुलुकको राष्ट्रिय सङ्कट अन्त्य गर्न ठूला दलबीच समीकरण’

Janjati Khabar | २०८१ भाद्र २०, बिहिबार

कर्णाली, नेकपा कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय सङ्कट खन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ ।  
नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आउनुभएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई सङ्कटबाट बचाउनु रहेको उल्लेख गर्नुभयो । “समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने सङ्कल्प हो”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले यो सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिना धितो कर्जा लिने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले युवालाई देशभित्र बस्ने र आशा जगाउने गरी पैरवी गर्न यस क्षेत्रमा कलम चलाउन पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रुपमा निर्माण गर्ने अभियानलाई पूरा गर्न १८ कार्ययोजना बनाएर अगाडि बढाइएको महासचिव पोखरेलले जानकारी दिनुभयो । कांग्रेस–एमाले दुवै दल आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने उहाँले बताउनुभयो ।
सत्ताबाट बाहिरिएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं संसद्को प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले अध्यक्ष प्रचण्डलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । समानुपातिक समावेशीतालाई सुरक्षित राखेर मुलुकलाई स्थायित्व दिन संविधानको आवश्यक संशोधन गर्न खोजिएको भन्दै त्यसमा सबैलाई साथमा लिएर अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

Categorized in राजनीति