STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मूर्ति चोरी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर कुट्टी बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति चोरहरुको एक समूहले सात लाख पचास हजार मूल्य बराबरको तीनवटा मूर्ति चोरेर लगेका छन् । सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५÷१५ किलोग्रामका डेढ÷डेढ फिटको भगवान् रामको, माता सीताको र भगवान् लक्ष्मणलालको गरी तीनवटा मूर्ति चोरेर लगेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । मन्दिरबाट लाखौँको मूर्ति चोरी भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट ती मूर्तिहरु चोरी गरेका समूहको व्यापक खोजतलासका लागि त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको र चोरहरु चाँडै समातिने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । उहाँले मूर्ति गह्राँै रहेकाले चोरहरुले तुरुन्तै बाहिर लैजान नसक्ने भएको बताउँँदै प्रहरीले ती चोरहरुलाई चाँडै समातिने तर्क राख्नुभएको छ ।
Categorized in अपराध-दुर्घटना