STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मूल्य निर्धारण नहँुदा थन्कियो यार्सागुम्बा

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २५, बुधबार

सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ । बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र यार्सागुम्बा सङ्कलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहँुदा अन्योलमा परेका छन् । तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुननसकेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताउनुभयो । गत वर्ष प्रतिकेजी रु १८ लाखका दरले खरीद बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी रु आठ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि सङ्कलन गरेको यार्सागुम्बा घरमै थन्किएको बोहराले बताउनुभयो । यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सङ्कलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा सङ्कलन गर्दै आएका स्थानीय ठेकेदारले पनि मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् । जिल्लाका साइपाल, सुर्मा, तल्कोट, बुङ्गललगायत उत्तरी भेगका बासिन्दा वर्षेनी यार्सा सङ्कलन गर्न जाने गरेका छन् । यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुङ्गी, माझालगायतका ठाउँमा जिल्लाभित्र तथा जिल्ला बाहिरका मानिस जाने गरेका छन् । प्रत्येक वर्ष जथाभावी फोहर तथा उत्खनन गर्ने र धेरै मानिस सङ्कलन गर्न जाने भएकाले यार्सागुम्बामा समेत कमी हँुदा आगामी वर्षहरुमा यार्सागुम्बा सङ्कलनकार्यलाई व्यवस्थित गर्दै लैजाने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।
Categorized in बिजनेस