STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २३, शुक्रबार

काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारे पनि त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामानै सूचना प्रकाशित गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति तय गरेको भए पनि हालसम्म एउटा पनि आवेदन परेको छैन । “यो युवा लक्षित कार्यक्रम हो, निवेदन नआउने भन्ने त हुँदैन, अन्तिममा मात्रै काम हुने प्रचलन रहेको र केही दिन अझै बाँकी रहेकाले अन्तिमसम्ममा आवेदन पक्कै आउला”, आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी गराउनुभयो । काठमाडौँको मुख्य समस्याको रुपमा रहेको दीर्घकालीन रुपमा फोहरको व्यवस्थापन, ट्राफिक जामको समस्या समाधान, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अनधिकृत बसोबास, दिगो विकासजस्ता विषयको दिगो समाधान खोज्नुपर्नेछ । आवेदकले कम्तीमा पनि स्नातकोत्तर पास गरेका र सम्बन्धित विषयमा दुई वर्ष अनुसन्धानात्मक कार्य गरेका व्यक्तिले नयाँ तरिकाबाट समस्याको समाधान गर्ने उपायसहित कामपाको शहरी योजना आयोगमा आवेदनसहितको प्रारम्भिक प्रस्ताव पेश गर्नुपर्नेछ । त्यसका लागि कामपाले शुरुमा रु एक लाख ५० हजार सहयोग गर्छ भने, अनुसन्धानमा आवश्यक परे अन्य सहयोग पनि गर्ने आयोगका उपाध्यक्ष बस्नेतले जानकारी गराउनुभयो ।
Categorized in राष्ट्रिय