STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेरो तीज गीत भिन्न छ भन्दै तिलक रामदामको गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २६, शुक्रबार

तिलक रामदामको तीज गीत "मोहनी लगायो कानको झुम्काले ” हालै सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, रचनाकार, संगीत भर्न गर्न सक्ने क्षमता भएका प्रतिभा हुन् ।  यस अघि उनको "चकलेटी हिरो" बोलको तिज गीत सार्वजनिक भएको थियो । सोही अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन् । 

अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बीचको शंका र मनमुटाव गीतमा रहेको उनी बताउँछन् । यो गीत उनको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर रहेकोछ । लय संकलन र शब्द तिलकको रहेको यस गीतमा सन्जय श्रीपालले संगीत एरेन्ज गरेका छन् । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगरले सशक्त अभिनय गरेका छन् । भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in साहित्य-कला