मैदानमै खेलाडी बेहाेश भएपछि युरो कपअन्तर्गत फिनल्यान्ड र डेनमार्कबीचकाे खेल स्थगित
Janjati Khabar – एजेन्सी | २०७८ जेठ २९, शनिबार
युरो कप २०२० अन्तर्गत ‘बी’ ग्रुपको पहिलो खेल डेनमार्क र फिनल्यान्ड बीचको खेल स्थगित भएको छ ।
खेलको ३५ औं मिनेटमा डेनमार्कका १० नम्बर जर्सीका खेलाडी क्रिस्टन इरिक्सन मैदानमा बेहोश भएपछि सो खेल स्थगित गरिएको हो ।
यो समाचार तयार पारुन्जेलसम्म उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको छैन ।
खेलको ३५ मिनेटसम्म दुवै टिमबाट कुनै पनि गोल हुनसकेको थिएन ।
Categorized in खेलकुद

