STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मौन अवधि सामाजिक सञ्जालमा पनि लागू हुने

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २६, सोमबार

स्थानीय चुनावकाे मौन अवधिमा पालना गर्नुपर्ने नियम सामाजिक सञ्जालमा पनि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा सामाजिक सञ्जालमा प्रचारप्रसारलगायतका काम नगर्न निर्वाचन आयोगले उम्मेदवार र तिनका समर्थकलाई आग्रह गरेको हो । सञ्जालमा मौन अवधिमा समर्थकहरूले पोस्ट स्पन्सर गर्ने जोखिम भएकोले आयोगले विशेष ध्यानाकर्षण गराएको छ । उम्मेदवार र तिनका समर्थकका फेसबुक, ट्वीटर, टिकटकलगायतका पेजमा पोस्ट स्पन्सर नगर्न आयोगले निर्देशन दिएको छ ।

मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा पोस्ट स्पन्सर नगर्न, भएको भए हटाउन र त्यस्ता पेजमा भएको निर्वाचन आचारसंहिताविपरीतका चित्र, पोस्ट मेटाउन र नयाँ पोस्ट नगर्न अयोागले आग्रह गरेको हो ।

साथै, सो क्रियाकलापको नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

मौन अवघिमा विभिन्न टेलिसेवा प्रदायक कम्पनीलाई प्रचारप्रसार गर्ने गरी कल, मेसेज तथा एसएमएस नगर्न पनि सेवा प्रदायक कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत् आयोगले आवश्यक निर्देशन दिएको छ ।  माैन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदैछ ।

Categorized in राष्ट्रिय