म्यानमार दुतावाससामु नागरिक आन्दोलनले प्रदर्शन गर्ने
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २१, शुक्रबार
काठमाडौं - बृहत् नागरिक आन्दोलनले म्यानमार दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे म्यानमार दूतावासअगाडि प्रदर्शन गर्ने जनाइएको छ ।
बृहत् नागरिक आन्दोलनका अनुसार म्यानमारमा लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध दूतावासअगाडि प्रदर्शन गर्न लागिएको हो ।
म्यानमारमा १ फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । त्यसयता भएका प्रदर्शनका क्रममा कम्तीमा ५४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै एक हजार ७ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।
बुधबार र बिहीबार भएको प्रदर्शनका क्रममा मात्र दर्जनौँको मृत्यु भएको भन्दै संयुक्त राष्ट्रवसंघका अधिकार प्रमुखले प्रदर्शनकारीहरुको हत्या र उनीहरुमाथि भइरहेको दमन रोक्न सेनालाई आग्रह गरेका थिए ।
सेनाले सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर प्रदर्शन हुँदै आएको छ । सेनाको व्यापक हस्तक्षेपपछि पनि प्रदर्शनहरु भइरहेका छन् ।
Categorized in राजनीति

