STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यःसिं हनुमानढोका पु¥याइयो

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २६, बुधबार

काठमाडौं । यस वर्षको इन्द्र जात्राको लागि ‘यःसिं’ भोटाहिटी ल्याइपु¥याइएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलको सामुदायिक बनबाट यःसिं भोटाहिटी ल्याइएको हो ।

नेपाल पञ्चांग निर्णायक विकास निर्णायक समितिले दिएको साइत अनुसार गत यंलाथ्व दुतियाको शुभ साइतमा गुरुजु पल्टनका साथ केन्द्रीय मानन्धर संघका पदाधिकारी यःसिं लिन बसन्तपुरबाट प्रस्थान गर्नुभएको थियो ।

यसपटक यःसिंको निम्ति रुख काट्नुअघि बलिसहितको विधिवत पुजा गरिएको थियो । भोटाहिटी ल्याई राखिएको यःसिं यंलाथ्व अष्टमी (२०८१ भदौ २६) का दिन नगर प्रवेश गराउन हनुमान ढोकामा ल्याइन्छ ।

यसपटक समितिले दिएको साइत अनुसार यंलाथ्व अष्टमीका दिन बिहानको १०ः३२ मा यःसिं नगर प्रवेश गराइएको छ । हनुमान ढोकामा ल्याइएको यःसिं आउने यंलाथ्व द्वादशी (२०८१।५।३०) का दिन ठड्याइएपछि इन्द्रजात्रा विधिवत् रुपमा सुरु हुनेछ ।

यसअघि यंलाथ्व एकादशीका दिन साँझ चस्वाद्वँ मानन्धर गुथिको तर्फबाट यःसिंको लागि आवश्यक डोरी यःसिंमा परम्परागत रुपले बाँधिने छ । यसपटक यँलाथ्व द्वादशि, आइतबारका दिन बिहानको ८ः२६ बजेको साइतमा यःसिं ठड्याइने कार्यक्रम रहेको छ ।

Categorized in उपत्यका