यशोधरवर्ण महाविहार बुबहालमा दशैं मोहनी मेला
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १३, सोमबार
सोही अवसरमा प्रदेश नं ३ का सांसद् ज्ञानेन्द्र शाक्यले ललितपुरलाई सांस्कृतिक र पर्यटकीय नगरी घोषणा गर्नुपर्ने धारणा राख्नुभयो । यसका लागि राज्यका तीनै तह मिलेर अघि बढ्नुपर्ने सांंसद् शाक्यको जोड रहेको छ । समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाभित्र संस्कृति, सम्पदा, बौद्ध विहारहरु थुप्रै रहेकोलाई मध्यनजर गर्दै वडाले संस्कृति, सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
स्थानीय महिलाहरुको उद्यमशीलता विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको समूहका अध्यक्ष बाबुराजा बज्राचार्यले बताउनुभयो । पाँच दिनसम्म चल्ने सो मेलाको सहआयोजकको रुपमा यशोधर बचत तथा ऋण सहकारी संस्था ।लि र संरक्षकमा यशोधर महाविहार सुधार समिति रहेको छ ।
Categorized in सिनेमा


