STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १५, शुक्रबार

काठमाडौं - हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।

विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। 

बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टिनी लडाकु समूहले इजरायली क्षेत्रतर्फ गोलीबारी गरेर अस्थायी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले हमास विरूद्ध कारबाही पुनः सुरु गरेको जनाएको छ।

‘हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो,’ इजरायली सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । यसबारे हमासबाट कुनै प्रतिक्रिया प्राप्त नभएको रोयटर्सले जनाएको छ ।

प्यालेस्टाइनी मिडियाले इजिप्टको सिमानामा रहेको रफाहमा समेत युद्धविरामको समयावधि सकिएपछि इजरायली सेनाद्वारा आक्रमण भएको दाबी सहितका खबर लेखेका छन् । अमेरिका, कतार र इजिप्टको निरन्तरको मध्यस्थताका बावजुद पनि युद्धविराम लम्बिन सकेन । विश्व समुदायले युद्धविराम लम्बिने आशा गरेका थिए ।

सात दिनसम्म चलेको युद्धविराममा बिहीबारसम्म हमासले ११० जना बन्धकहरूलाई रिहा गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय