युरोकप : फिनल्यान्डद्वारा डेनमार्क पराजित
Janjati Khabar – एजेन्सी | २०७८ जेठ ३०, आइतबार
डेनमार्कका खेलाडीको स्वास्थ्यस्थिति बिग्रिएपछि स्थगित भएर पुनः सुरु भएको खेलमा फिनल्यान्डले १–० गोलअन्तरले डेनमार्कलाई पराजित गरेको छ ।
मैदानमै बेहोश बनेका डेनमार्कका खेलाडी क्रिस्टिन इरिक्सनको स्वास्थ्य स्थितिमा सुधार देखिएपछि स्थगित खेल पुनः सुरु भएको थियो ।
जुन समयबाट रोकिएको थियो, सोही समयबाटै सुरु भएको खेलमा डेनमार्क हावी देखिए पनि फिनल्यान्डले पाएको अवसरलाई गोलमा परिणत गरी जित सुनिश्चित गरेको थियो ।
खेलमा डेनमार्कले पाएको पेनाल्टी पनि खेर फालेको थियो । डेनमार्कका होजबर्गले टिमलाई प्राप्त पेनाल्टीलाई फिनल्याण्डया गोलकिपर हारडेकीले गोल हुनबाट रोकेका थिए ।
यससमयसम्म ग्रुप बीकै अर्को खेल बेल्जियम २–० ले रसियाभन्दा अघि रहेको छ ।
Categorized in खेलकुद

