युरोकप : बेल्जियमको सानदार जित, आज तीन खेल
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३०, आइतबार
युरोकप २०२० समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले रसियाबिरुद्ध सानदार जित हात पारेको छ ।
खेलमा बेल्जियले रसियाविरुद्ध ३-० को फराकिलो जित हासिल गरेको हो ।
खेलको सुरुआती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा बेल्जियमका थोमस म्युनियरले गोल गर्दै अग्रता दोब्बर पारे ।
लको ८८ औँ मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए ।
उपाधिको दावेदार मानिएको बेल्जियमले रसियामाथि दबाब कायम गरेको थियो । खेल जितेसँगै बेल्जियमले ३ अंक पाएको छ ।
आज तीन खेल हुने
युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । १६औँ संस्करणको युरोकपमा आज समूह सीका दुई र समूह डीको एक खेल हुँदै छ ।
समूह डी अन्तर्गत आज साँझ पौने ७ बजे लन्डनमा इङ्ल्यान्ड र क्रोएसिया भिड्दैछन् ।
समूह सी अन्तर्गत राति पौने १० बजे अस्ट्रेलिया र नर्थ मेसेडोनियाबीच खेल हुने छ । राति पौने १ बजे समूह सीका नेदरल्यान्ड र युक्रेन मैदानमा उत्रने छन् ।
Categorized in खेलकुद

