योग शिक्षालाई विद्यालयसम्म पु¥याउँछौँ ः शिक्षामन्त्री
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कूलस्कूलमा पु¥याउने बताउनुभएको छ । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले यहाँ आज आयोजना गरेको ‘केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग’ विषयक विविध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विद्यालयमा योग शिक्षा पु¥याउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउँदै विद्यालय र विद्यार्थीमार्फत योग शिक्षालाई अब गाउँगाउँसम्म पु¥याइने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडीबुटीको पढाई शुरु हुन्छ, यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भइरहेको छ ।”
योगलाई शारीरिक व्यायामका रुपमा मात्रै बुझ्नु गलत भएको चर्चा गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी रहेको छ, योगको खोज, अनुसन्धान र विस्तारलाई सँगै लैजानुपर्छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा ९बजगाईं०, योगका गुरु दीर्घराज गिरी, बालमुकुन्द सुवाल, योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा हरिप्रसाद पोखरेल, पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले योग र यसको महत्वमाथि चर्चा गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्साका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरी बृहत् छलफल गरिएको थियो ।
Categorized in राष्ट्रिय


