STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यो वर्ष उनन्तीसजनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ७, शुक्रबार

वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि मन, वचन र कर्मले समर्पित विभिन्न २९ जना महानुभावलाई यो वर्ष ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निणर्य भएको कुरा त्रिमुर्ति निकेतनले जनाएको छ ।

यो वर्ष  सर्वश्री अजरमान जोशी, अनुकृतिका, अनुराधा थापा, डा.कञ्चनजङ्घा प्रसाई, कलाधर काफ्ले, कावेरी जोशी, केशवराज जोशी, ढण्डुराज घिमिरे, दुर्गा वनवासी, देवकी श्रेष्ठ, नरेन्द्रराज पौडेल, पूर्णकला लिम्बू, प्रमोद प्रधान, प्रा.प्रेमशान्ति तुलाधर, प्रा.डा.बालमानसिंह कार्की, मणि लोहनी, यमुना श्रेष्ठ, युवराज नयाँघरे, राजकुमार रेग्मी, राजितबहादुर श्रेष्ठ, डा.लेखप्रसाद निरौला, प्रा.डा.वीणा पौड्याल, शान्तराज शाक्य, शान्ति शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, प्रा.डा.सुरज बज्राचार्य, प्रा.डा.सावित्री कक्षपती, ज्ञानु अधिकारी र ज्ञानेन्द्र विवसलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निणर्य भएको हो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको सभाले सो निणर्य गरेको हो ।

त्रिमूर्ति निकेतनले यसअघि नेपाल लगायत २५ राष्ट्रका २२६ जना महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको छ  सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराउनु भएको छ ।

Categorized in साहित्य-कला