STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यो सम्मान नेपाल र नेपालीको हो : राजदूत शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

विजयरत्न असंबरे
काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो । ९० वटा देशका दुतावासहरु रहेको इजरायलमा सो सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित हुनुभएको हो । ९० वटै देशका राजदूतले उहाँको पक्षमा मत जाहेर गरेपछि उहाँ यो सम्मानबाट सम्मानित हुनभएको हो । उहाँ यो सम्मानबाट सम्मानिन हुने एसियाली मुलुककै पहिलो राजदूत हुनुहुन्छ । ९० वटा देश मध्येबाट अहिलेसम्म यूरोप र अमेरिकी मूलुकका राजदूतले मात्र उक्त सम्मान पाउँदै आएका थिए । उक्त सम्मानको घोषणापछि राजदूत शाक्यले खुशी व्यक्त गर्नुभएको छ । ‘यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा लिएको छु’ राजदूत शाक्यले भन्नुभयो, ‘यो सम्मानले नेपाल र नेपालीको शीर उच्च बनाएको छ ।’ राजदूत शाक्यले आफूलाई यो सम्मानबाट सम्मानित हुन सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई पनि धन्यवाद दिनुभयो । ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,’ उहाँले भन्नुभयो, ‘ मेरो योग्यता र क्षमताले भ्यायसम्म नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गरिरहने छु ।’ उक्त उम्मानबाट विभूषित घोषणा गर्ने कार्यक्रममा राजदुत शाक्य पनि सहभागी हुनुहुन्थ्यो । २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले राजदूतको कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गर्दै आउनु भएको छ । राजदूत शाक्यलाई उक्त सम्मानबाट सम्मान घोषणा गर्ने कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकुल अवस्थामा पनि सवै देशका राजदूतहरु कार्यक्रममा सहभागी हुनु भएकोमा धन्यवाद दिनुभएको थियो । डा. शाक्यले राजदूत भएर पद बहालीपछिको यो अवधिमा इजरायल र नेपाल बीच विभिन्न विषयमा सम्झौता गरी इजरायलबाट नेपाललाई प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग दिलाउन उल्लेख्य भूमिका निर्वाह गर्दै आउनु भएको छ । केही दिन अघि मात्रै डा. शाक्यकै पहलमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देश बिच व्यापार व्यवसाय आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदि क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता भएको थियो । डाक्टर शाक्यले ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नै नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राख्नुभएको थियो । उहाँले इजरायलको जेरोसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै इजरायली उच्चप्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने बताउनु भएको थियो । गत मंसिरमा डाक्टर शाक्यकै पहलमा इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था मसाभ प्रमुख गील हासकेलको टोली पाँच दिनका लागि नेपाल आएको थियो । शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा आएको हासकेलको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीसँग भेट गरेको थियो । विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट लगायतमा सहयोग गर्न चासो देखाएको थियो । डाक्टर शाक्यले राजदूतको पदभार ग्रहण गर्नु अघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि उहाँकै पहलमा गलत सूचना सच्याउने काम भएको थियो । उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो । फेरिएको होर्डिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झन्डा नेपालको राखिएको छ ।
Categorized in राष्ट्रिय