रविको थुनछेक बहस सकियो, भोलि पुनः अदालत उपस्थित हुने
Janjati Khabar – Janjati Khabar | २०८१ माघ १०, बिहिबार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ । आज लामिछानेका वकिलहरुको पालो आएन ।
मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । आज सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे ।
बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् ।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ ।
Categorized in राजनीति

