STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २८, आइतबार

काठमाडौं- काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौं आएर प्रहरीको सम्पर्कमा थिए। उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।

प्रहरीको अनुसन्धानका क्रममा मुद्दा प्रक्रियामा सहभागी हुन उनी केहीबेर अघि काठमाडौं जिल्ला अदालत आइपुगेका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

Categorized in राजनीति