STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रसुवागढीदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध

Janjati Khabar – Janjati Khabar | २०८२ आषाढ २७, शुक्रबार

काठमाडौं - सडक विभागका अनुसार बिहीबार दिउँसोसम्म चीनसँगको नाका जोड्ने रसुवागढी सडकदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

त्यस्तै ७८ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालनमा आउँदा सडक यातायात अस्तव्यस्त बनेको छ ।

मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीले गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रसुवागढी, टिमुरे, लिङलिङ, रोंगा खण्डमा सडक अवरुद्ध बनेको छ ।

यसैगरी सालझण्डी–सन्धीखर्क–देवीस्थान,वुर्तिवाङ–ढोरपाटन सडकखण्ड अन्तर्गत अर्घखाँची घोलडाँडा र निगाली भन्ने स्थानमा बुधबार पहिरो जाँदा पूर्णरुपमा सडक अवरुद्ध बनेको छ  । 

यो सडकको अवरोध हटाउन सडक आयोजनाले आवश्यक उपकरणसहित जनशक्ति खटाइसकेको छ भने यस्तै मेची राजमार्गको ताप्लेजुङ –ओलङचुङगोला सडक खण्ड अन्तर्गत हेवाखोलामा पूर्णरूपमा अवरुद्ध बनेको छ । 

अरनीको राजमार्गअन्तर्ग दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड सिन्धुपाल्चोकको कोदारीमा बिहिबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कर्णाली करिडोर दक्षिण खण्ड खुलालु–हिल्साअन्तर्गत हुम्लाको नेराघाट मा बिहीबार पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ  । 

Categorized in राष्ट्रिय