STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजतन्त्र फर्काउन सम्भव छैन ः सभापति देउवा

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २८, शनिबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो । “कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्”, उहाँले भन्नुभयो, “यो हल्ला मात्रै हो ।” एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति देउवाले भन्नुभयो, “एनसेलको मैले नाम पनि सुनेको छैन् । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।” अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताउनुभयो । “दाङमा राम्रा भवन छैनन्”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस् ।” बाँकेका काङ्ग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको दोषीलाई कारवाही गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । “बाँकेमा गम्भीर खालको घटना भएको हो”, उहाँले भन्नुभयो, “यो घटनाका दोषी जो कोहीलाई पनि कारवाही गर्नुपर्छ ।”
Categorized in राष्ट्रिय