राजधानीमा राजावादीहरुको प्रदर्शन
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २०, शनिबार
काठमाडौँ – राजावादीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधि नगर्न अनुरोध गरेकाे भए पनि प्रशासनको अनुरोधलाई बेवास्ता गर्दै सामाजिक दुरी समेत अपनाएकाे थिएन ।
प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर, मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए ।
राजावादीहरुले पछिल्लो समय काठमाडौँसहित देशभर प्रदर्शन गर्दै आएका छन् ।
Categorized in राजनीति

