STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजधानी सर्दैन ः मुख्यमन्त्री पौडेल

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २६, आइतबार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उहाँले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताउनुभयो । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उहाँको भनाइ थियो । “हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६÷१६ मिटर मात्र भत्काएर सडक विस्तार गरिनुपर्ने धारणा राख्नुभयो । बैकल्पिक मार्गको बोलपत्र आह्वान भइसकेकाले मुख्य बजारलाई चिरेर राजमार्ग बनाउन नहुने उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय