STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राज र जुनाको ‘एउटै चाहना’

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर ५, बुधबार

म्युजिक भिडियो जगतका चर्चित मोडलहरु  राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो हालै सार्वजनिक गरिएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि आकर्षक रहेको छ ।

केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Categorized in साहित्य-कला