STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राणाशासन विरोधी आन्दोलनका योद्धा सिद्धिबहादुर खड्गीको निधन

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार

राणाशासन विरोधी आन्दोलनका योद्धा एवं समाजसेवी सिद्धिबहादुर खड्गीको निधन भएको छ । ९३ वर्षको उमेरमा आईतबार राति ११ स् ०५ मा बल्खुस्थित वयोधा अस्पतालमा उहाँको निधन भएको हो । निमोनियाको उपचार गराउने क्रममा खड्गीको निधन भएको माईला छोरा किरणबहादुर खड्गीले जानकारी दिनुभयो । १९ दिन अघि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । खड्गीको सोमबार शंखमुलस्थित घाटमा नेवारी परम्परा अनुसार दाहसस्कार गरियो । उहाँका ज्येष्ठ पुत्र सिद्धिरत्न खड्गीले स्वर्गीय खड्गीको पार्थिव शरीरमा दागबती दिनुभएको थियो । उहाँको तीन छोरा र पाँच जना छोरी रहेका छन् । नेपाल खड्गी सेवा समितिका मनोज नेवाः खड्गीले पार्थिव शरीरमा समितिको झण्डा ओढाएका थिए । स्वर्गीय खड्गीको निधनले खड्गीहरुको लागि मात्र नभई जातीय विभेद, उँचनिचको भावना विरुद्ध आजीवन संघर्षशील व्यक्तित्व गुमाएको नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले प्रतिक्रिया दिनुभयो । यस शोकको घडीमा ४ दिनसम्म केन्द्रलगायत सम्पूर्ण जिल्ला समिति तथा शाखाहरुले कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगर्ने निर्णय भएको पनि खड्गीले जानकारी दिए । युवापुस्तालाई सामाजिक उत्पीडन, छुवाछुतको भावनाविरुद्ध लड्न समाजसेवी खड्गीको जीवनी सधै प्रेरणादायी रहने समितिका अध्यक्ष अञ्जिता खड्गीको भनाइ रहेको छ । खड्गी १९९७ सालदेखि राणाशासन विरोधी आन्दोनलमा सक्रिय हुनुभएको थियो । २००७ सालको प्रजातन्त्र पुनःस्थापनापछिदेखि २०४६ साल सम्मको राजनीतिमा खड्गीले महत्वपूर्ण स्थान ओगट्नुभएको थियो । स्वर्गीय खड्गी वि सं २०११ जेठ १५ गते तत्कालीन राजा त्रिभुवनद्वारा गठित सल्लाहकार सभाको सदस्य हुनुहुन्थ्यो । त्यसैगरी २०३८ साल बैशाख २० गते तत्कालीन राजा वीरेन्द्रले स्वर्गीय खड्गीलाई राजसभामाको मनोनित सदस्य बनाउनुभएको थियो । राजनीतिक कार्यंसंगै स्वर्गीय खड्गीले शिक्षा, उद्योग र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो । उहाँकै अगुवाईमा २०३० सालमा खड्गी सेवा समिति गठन गरिएको थियो । जातीय छुवाछुत, समाजमा हेपिनुपरेको पीडालाई नै आधार बनाएर उहाँले उत्पीडित नेवार समुदायका खड्गीहरुको उत्थानको लागि सो समिति गठन गरिएको थियो । त्यसैगरी समाजमा हेपिएका, पिछडिएका र विपन्न वर्गको सशक्तिकरणको लागि स्कुल, उद्योग खोल्नुभयो । त्यसैगरी स्वर्गीय खड्गी र उहाँको परिवारको बुद्धधर्मको विकासको लागि बौद्ध विहारहरुको स्थापनमा पनि योगदान रहेको छ । स्वर्गीय खड्गीको नेवारी परम्परा अनुसार तेस्रो ज्याजंकुको अवसरमा पाँच वर्ष अघि ललितपुरमा सार्वजनिक अभिनन्दन गरिएको थियो । सो अवसरमा हेमाङ्गराज गिरीद्वारा लिखित खड्गीको जीवनी र व्यक्तित्व समेटिएको ‘संघर्षशील सिद्धिबहादुर खड्गी’ नामक पुस्तक प्रकाशित गरिएको थियो । खड्गी व्यक्तित्वमा आधारित वृतचित्र पनि बनाइएको छ । समाचार साभारः न्युज अफ नेपाल
Categorized in राष्ट्रिय