STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राप्रपाको सदस्यता अब फोनबाटै

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २८, बिहिबार

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सदस्यता अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।

राप्रपाको साधारण तथा सक्रिय सदस्य बन्न र आर्थिक सहयोग अनलाइनको व्यवस्था गरिएको र इच्छुकले फोनमार्फत नै सदस्य बन्न सक्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सदस्यता फारामका लागि राप्रपाको वेबसाइटमा गएर आवश्यक विवरण भएसँगै सहजै सदस्यता लिन सकिने उनको भनाइ छ ।

राप्रपाले एक वर्षभित्र पार्टीको सदस्य संख्या २ लाख पुर्‍याउने लक्ष्य लिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाको अनिवार्य सहभागिता गराइने बताएका छन्।

राप्रपा अब नवीन राप्रपा कार्ययोजनाअन्तर्गत जनताका घरदैलोमा राप्रपाका केही मूलभूत बुँदाहरू सार्वजनिक गर्न पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तीमा सात जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराइने बताए।

आगामी छ महिनाभित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको सङ्ख्या सुनिश्चित गर्ने उनको भनाइ थियो । पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाइने बताउँदै अध्यक्ष लिङ्देनले केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिहरू समेत गरेर करिब नौ सय जना नेतालाई एकैसाथ सङ्गठन विस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरिएको बताए।

अब नवीन राप्रपा कार्ययोजनामा एकैसाथ सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ । यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा छ महिनासम्म तोकिएअनुसारको सङ्गठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्नेछ ।

Categorized in राजनीति