STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रामथुम्कीलाई नवकपको उपाधि

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

विदेशी खेलाडी चम्किदा यहाँ सञ्चालित दोस्रो ‘नवकप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि व्यास नगरपालिका–११ स्थित रामथुम्की युवा क्लवले हातपारेको छ । व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवको आयोजनामा शनिबार दमौलीमा सम्पन्न फाइनल खेलमा व्यास नगरपालिका–१० स्थित अनन्त युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै रामथुम्कीले उपाधि चुमेको हो । रामथुम्कीका लागि विदेशी खेलाडी डोमी डोमीले खेल शुरुवातको पहिलो मिनेटमै एक गोल गर्नुभएको थियो । त्यस्तै १८ मिनेटमा अर्का विदेशी खेलाडी म्याक्सले थप एक गोल गर्दै टिमलाई जिताउनुभयो । गोल गर्ने अवसर प्राप्त भएपनि खेलाडीले त्यसलाई सदुपयोग गर्न नसक्दा अनन्तले उपविजेतामै चित्त बुझाउनु प¥यो । उपाधिसँगै विजेता रामथुम्की युवा क्लवलाई नगद रु एक लाख १५ हजार ५ सय ५५, ट्रफी र उपविजेता अनन्त युवा क्लवलाई नगद रु ६६ हजार ६ सय ६६ र ट्रफी प्रदान गरिएको क्लवका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो । विजेताहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा वाग्लेले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिनुभयो । अनन्त युवा क्लव आयोजक नवयुवा क्लव ९ए० लाई सेमिफाइनलमा ट्राइबेकर मार्फत् पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि ट्राइबेकरमा अनन्तले १५ र नवयुवाले १४ गोल गरेको थिए । त्यस्तै रामथुम्की युवा क्लव केएमसिटीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता कायम गरेको केएमसिटीलाई दोस्रो हाफमा दुई गोल फकाउँदै रामथुम्कीले फाइनलको यात्रा तय गरेको थियो । रामथुम्कीका लागि दुवै गोल विदेशी खेलाडीले गरेका थिए । माघ २० गतेदेखि शुरु भएको प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय