राष्ट्रपतिका उम्मेदवारविरूद्ध कुनै उजुरी परेन
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १४, आइतबार
काठमाडाैं- हिजाे राष्ट्रपतिमा उम्मेदवारी दिएका दुवै जना उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेकाे निर्वाचन आयाेगले जनाएकाे छ । दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएका छ ।
नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उनको दल मात्रै समर्थक रहेको छ ।राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।
Categorized in राजनीति

