STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिबाट पुस २५ गते दुवै सदनको अधिवेशन आह्वान

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १२, मंगलबार

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।

उनले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गरेकी हुन्।

यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ । 

Categorized in राजनीति