राष्ट्रपतिले विजय दशमीको दिन २ देखि ५ बजेसम्म टीका लगाइदिने
Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयबाट बिहीबार जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ।
राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
विशिष्ट व्यक्तिमा सम्माननीयहरू,उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्।
यसैगरी राष्ट्रपतिबाट निजामति,जंगी,प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन्। टीका ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको छ।
Categorized in राष्ट्रिय


