STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजा गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिनुभयो ।पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुग्नुभएकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक उक्त देवीको पूजा गर्नुभएको हो । राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले देवीको प्रसाद प्रदान गर्नाका साथै मन्दिरको आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । मङ्गलबार मुस्लिम समुदायको पवित्र महीना रमदान मुबारकको अवसरमा नेपालगञ्जमा आयोजित ‘रोजा इफ्तार’ सहभागी हुनुभएकी राष्ट्रपति भण्डारी आज बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय