राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्ने एकजना पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ९, आइतबार
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेका एकजनालाई काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
संसद विघटनको विरोधमा प्रदर्शनमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका गरेका हुन् ।
मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।
यसैबीच, उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ ।


