STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय झण्डा ओढाएर सञ्चारमन्त्रीले दिए चौलागाईंलाई श्रद्धाञ्जली

Janjati Khabar – रासस | २०७८ बैशाख २९, बुधबार

नेकपा (एमाले) का नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

चौलागाईंको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलगाईं वि.सं. २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद भएका थिए ।

Categorized in राष्ट्रिय