STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय झन्डाको सम्मान गर्दै ¥याली

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १, आइतबार

राष्ट्र र राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डाको संरक्षण र सम्मानस्वरुप आज पोखरामा ¥याली निकालिएको छ । पोखरा बृहत् सफाइ अभियान एवम् नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार सञ्जाल गण्डकी र बागेश्वरी असल शासन क्लब ९बास० को संयुक्त आयोजनामा नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झन्डा दिवसको रुपमा मनाइने गरिएको छ । पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गा, न्युरोड हँुदै सभागृहचोकसम्म पुगेको ¥यालीमा सहभागीले हातमा राष्ट्रिय झन्डा बोकेर यसको सम्मान गरिनुपर्ने बताए । उनीहरुले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र सद्भावको प्रतीक झन्डाको सम्मान गर्नु प्रत्येक नेपालीको दायित्व भएको बताए । पछिल्लो समय राष्ट्र र राष्ट्रियताप्रति कयौँ बहस तथा छलफल गरिए पनि सारमा त्यसप्रतिको चिन्ता सदैव सरोकारको विषय भएको युवा पत्रकार सञ्जाल पोखराका अध्यक्ष भीम थापाले बताउनुभयो ।
Categorized in राष्ट्रिय