STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय निकुञ्जमा नीलगाई ८२

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिनुभयो । नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय निकुञ्जसहित कोशीटप्पु वन्यजन्तु आरक्षमा यसको बासस्थान रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाई बाघको मुख्य आहारा प्रजातिका रुपमा रहेको छ । निकुञ्जको खुल्ला सालको वन र मध्यवर्ती क्षेत्रको खेतीपाती नजीकको वन क्षेत्रमा नीलगाई पाइने गरेको छ । निकुञ्जको महाकाली किनार, पलिया, सुन्दरीफाँटा, मझगाउँ, हात्तीथला, जोनापुरी, भतपुरी, तारापुर बेलडाँडीलगायतका क्षेत्रमा नीलगाईको अवलोकन गर्न सकिन्छ । वनमा डढेलोबाट जोगिन वन्यजन्तुहरू मानव बस्ती र चुरे क्षेत्रमा बासस्थान खोज्दै पुग्ने गरेका छन् । यो समय वन्यजन्तुका लागि निकै सङ्कटको समय हो । प्रचण्ड गर्मीका कारण वनमा डढेलो लाग्न थालेपछि बास्थानको खोजीमा वन्यजन्तु अन्यत्र जान थालेका छन् । अहिले चुरे पर्वतको तल्लो भावर इलाकादेखि तराईको जङ्गल निकटका बस्तीमा नीलगाई भेटिन थालेको छ ।
Categorized in राष्ट्रिय