STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार

आसन्न एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ । नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने लागेको नेपाल भलिबल सङ्घले जनाएको छ । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते काठमाडौँमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै एभिसी सेन्ट्रल जोन भने आगामी भदौ २ देखि ७ गतेसम्म सञ्चालन हुनेछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित साबिक विजेता तुर्कमेनिस्तान, अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् । उक्त प्रतियोगिताका लागि नेपालले राष्ट्रिय भलिबल टोलीको घोषणा गरिसकेको छ । जसमा इमबहादुर मगर ९कप्तान०, धनबहादुर भट्ट क्षेत्री, विशाल विक, टेकराज अवस्थी, हरिबहादुर अधिकारी र दुर्गा खड्का छन् । त्यसैगरी दीपकराज जोशी, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, राजकुमार निरौला, हरिहजुर थापा, कुलबहादुर थापा, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।
Categorized in खेलकुद