STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय भलिबल आर्मी सेमिफाइनलमा

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ८, बुधबार

राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । नेपाल भलिबल सङ्घ एनभिए को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेप को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो । प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु दश हजार पाउनेछन् ।
Categorized in खेलकुद