STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय महिला भलिबल टोली बङ्गलादेशतर्फ

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २१, बिहिबार

बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भोलिदेखि ढाकामा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यही कात्तिक २४ गते माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको शुरुवात गर्नेछ । त्यस्तै कात्तिक २५ गते अफगानिस्तान, २६ गते किर्गिस्तान र २७ गते आयोजक बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि २८ गते खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।
Categorized in खेलकुद